सूचनाको शक्ति - The Power Of Information

        

छोराले आमा र बाबुले छोरीलाई गरे बलात्कार

सांकेतिक तस्वीर

बैतडी । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् ।

करिब दुई वर्षदेखि बुवाले आफ्नी छोरीलाई पटकपटक बलात्कार गरिरहेको सूचनाका आधारमा बुधबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । आमा पहिले नै छाडेर गइसकेकी र बुवाले दुई वर्षदेखि छोरीलाई जबरजस्ती करणी गरिरहेको सूचनाका आधारमा पक्राउ गरेको थियो ।

उनले भने, ‘पीडित छोरी सानै उमेरकी र उक्त घटनाका कारण उनको भविष्यमा असर पर्नसक्ने भएकाले अहिले बुवा–छोरी दुवैको नाम गोप्य राखेका छौं ।’ मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको उनले बताए । पक्राउ गरेको ती व्यक्तीलाई बुधवार जिल्ला ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

यस्तै जिल्लाकै पुर्चौडी नगरपालिका–१० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरीले जनाएको छ । आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार ०९:२१