दाङ्ग । भारतीय सीमा नाका जोडिएको राजापुर गाउँपालिका खाङग्राबासी सिटामोल किन्न पनि भारतकै भरपर्न बाध्य भएका छन् । त्यहाँ कसैलाई सुत्केरी व्यथाले च्याप्यो भने नजिकै स्वास्थ्य चौकी छैन । आठ घण्टा हिडेर लमही पुग्ने अवस्था पनि रहँदैन । खाङ्ग्रा नाकाका स्थानीय भारतीय सुरक्षा बल एसएसबीको क्याम्पमकै भरमा स्वास्थ्य उपचार गराउँदै आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यचौकी स्थानमा सञ्चालन गरेपनि त्यहाँसम्म सबैको पहुँच पुग्न सकेको छैन् ।
स्थानीय झभौवा स्कुलका प्रधानाध्यापक लिलाधर विश्वकर्माले भने, ‘छात्रवासमा पढेर बस्ने विद्यार्थीलाई सर्पले टोक्यो । उपचारको लागि भारत लगियो ।तर भारतीय रुपैयाँ नभएपछि उसको ज्यानै गुम्यो ।’ देउखुरी क्षेत्रको राजपुर र गढवा गाउँपालिकामा रहेका २२ वटा नाकामा वसोवास गर्ने नागरिकहरु सिटामोल किन्न पनि भारतको अस्पताल जानु पर्ने बाध्यता बनेको छ ।
उनी भन्छन्, ‘यहाँ भारत क्याम्प प्रमुखले एम्बुलेन्सलाई खबर गर्यो भने बाँच्यो । नत्र उसको जीवन गुम्यो । त्यसकारण नाकामा भरपर्दो स्वास्थ्य संस्था चाहिएको छ ।’ चुनाव जितेर नाका पुगेका प्रदेशसभा सदस्य रेवतीरमण शर्मालाई समस्या सुनाउनेहरुको भीड थियो । सबैले नाकालाई राज्यले उपेक्षा गरेको गुनासो गरे । नाकाको समस्यालाई प्राथमिकतामा राखेर सम्बोधन गर्न उनीहरुले माग गरे ।
।