सूचनाको शक्ति - The Power Of Information

        

दिदीको दुख देखेर बहिनीले बोकिन भिनाजुको गर्भ

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो । दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पति डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए ।

सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भ स्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् । ‘एलीले मलाई अंगालो हालिन् र सहजै भनिन् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् ।

चिकित्सकीय पद्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली गर्भवती भएकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् । एलीले भन्छिन्, ‘क्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकै गाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उनी झनै निराश भइन् । त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरो लागि सहज निर्णय थियो ।’ एजेन्सी

प्रकाशित मिति : २८ असार २०७७, आइतवार ०७:३६