सूचनाको शक्ति - The Power Of Information

        

सांसद सरिता गिरी पदमुक्त

काठमाडौं । समाजवादी पार्टीको तर्फबाट संघीय संसदको सदस्य रहेकी सरिता गिरी सांसद पदबाट औपचारिक रुपमै पदमुक्त भएकी छन् । संसद सचिवालयले बिहीबार सूचना जारी गर्दै सिरिता गिरीको सांसद पद रिक्त रहेको जानकारी गराएको छ ।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादी पार्टीले सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । समाजवादी पार्टीको समानुपातिक खस आर्य कोटाबाट गिरी सांसद भएकी थिइन् ।

पार्टीको निर्णय अनुसार सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १६:०४