सूचनाको शक्ति - The Power Of Information

        

सिंजाको केन्द्र अब नराकोटमा

जुम्ला । जुम्लाका आठवटै स्थनीय तहमध्य सबैभन्दा पहिलो यहाँको सिंजा गाउँपालिकाले केन्द्र टुङ्गाएको छ । सो गाउँपालिका–३ नराकोटमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत गाउँसभाबाट पारित भएको र स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले पालिको केन्द्र टुङ्गो लगाइएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।

गाउँपालिकाको भवन बनाउनका लागि २३ सय वर्गमिटर क्षेत्रफलमा जग्गा प्राप्त भएको छ । गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गतवर्ष गाउँपालिकाको रु ७० लाख र प्रदेश सरकारबाट ७० लाख रकम विनियोजित भएको थियो यो बर्षको प्रदेशबाट आउने रकम र गाउँसभाबाट विनियोजित बजेटमा छलफल गरेपछि मात्र रकम विनियनोजन गरिने अध्यक्ष रावलले बताए । सो पालिकाको भवन रु ६ करोडको लागतमा निर्माण हुने भएको छ । उक्त रकम पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार ०८:१३