बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले संगठन बिस्तारको अभियानलाई तीव्र बनाइरहेका बेला पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ । अभियान अन्तरगत विभिन्न पार्टी परित्याग गरी शुक्रबार १०० बढी युवाहरु राप्रपामा प्रवेश गरेका छन् ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, तेजनारायण कँडेल, ऋषि देवकोटा लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन नेपालगन्ज उपमहानगरपालिकाका नगर संयोजक एवं युवा नेता चेतबहादुर घर्तीले गरेका थिए ।
सत्यपाटी ।