सूचनाको शक्ति - The Power Of Information

        

सवा तीन लाख विरुवा वितरण गरिँदै

बझाङ । डिभिजन वन कार्यालय बझाङले विभिन्न जातका विरुवा वितरण गर्ने भएको छ । नेपाल सरकारले वृक्षारोपण बर्ष सञ्चालन गरिरहेका बेला डिभिजन वन कार्यालय बझाङले पनि विभिन्न जातका तीन लाख २५ हजार विरुवाहरु खरिद गरि वितरण गर्न लागेको हो ।

डिभिजन वन कार्यालय प्रमुख कर्णबहादुर खातीले साथै आ–आफ्नो पाइक पर्ने स्थानीय तहहरुबाट विरुवाहरु बुझेर लिन आग्रह गरेका छन् । सामुदायीक वन, कबुलियति, निजिबनका उपभोक्ताहरुले समेत विरुवा निशुल्करुपमा लिएर लगाउनसमेत सबैलाई विभिन्न संचार माध्यामबाट जानकारी गराएको बताए । यस आर्थिक बर्षलाई सरकारले वृक्षारोपण बर्षको रुपमा लिएकोले उक्त अभियान सफल पार्न सबैको उत्तिकै भूमिका रहेको बताउँदै उनले विरुवाहको संरक्षण र हेरचाहमा समेत ध्यान दिन अनुरोध गरे ।

जसमा डिभिजन वन कार्यालयको चैनपुर नर्सरीबाट लहरे पिपल, बैस, बकाइनु, टिमुर, तेजपात र अमला लगायतका फलफुलका प्रजातिहरु त्यसै गरि सव डिभिजन कार्यालय भाडेबगर अन्तरगत मोरीबगर नर्सरीबाट सजिवन, बैस, खोटे सल्लो, काठे सल्लो इपिले, दल्लो, खैर लगायतका बोट विरुवाहरु र बुंगल सव डिभिजन वन कार्यालयबाट रैसल्लो, धुपीसल्लो, दल्लो, बकाइनु लगायतका बोट विरुवाहरु निशुल्क रुपमा वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय प्रमुख खातीले बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १३:५९