जुम्ला । जुम्लाका प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैंचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत स्याउ तथा ओखर बगैचा’ बनाएर पुरै बस्तीलाई नै समेटिने गरी एक बर्षको सांसद विकास पूर्वाधारको सवै बजेट प्रयोग गरिने सांसद महतले बताए ।
सो बगैचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकारसँगको समन्वय बृहत बगैंचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञहरु, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत चक्लाबन्दी बगैचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक बिषयहरु के के हुन ? र कसरी सफल हुने भन्ने बिषयमा छलफल गरिएको छ ।
यहाँको तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमिनलाई घेरवार, सिचाईदेखि संरक्षण गरि नमूना उत्पादन क्षेत्र बनाइने सांसद महतले जानकारी दिए । कृषि विज्ञहरुको उपस्थितिमा राजनीतिक परिवर्तन भयो तर आर्थिक परिवर्तन विना समृद्धि असम्भव भएकाले जिल्लाकै नमूनाको रुपमा बगैचा अगाडि बढाउन खोजिएकाले स्थानीय सरकार सहित सवै कृषि क्षेत्रका जानकारहरु र सरोकारवालाहरुको सहयोग समन्वय आवश्यक रहेको जानकारी दिए । सो बृहत प्याकेज कार्यक्रम निकै राम्रो र जिल्लाकै उत्पादनका लागि नमूना क्षेत्र हुने भएको भन्दै कृषि विज्ञहरुले सूझाव दिएका छन् ।
कृषि अनुसनधान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरी गुणस्तरीय कलामी व्यवस्थापन, सिचाइँदेखि पोष्ट हारबिष्ट र प्राविधिक बिषयमा बढि ध्यान दिने हो भने स्याउ बगैचा उत्तम हुने कार्यालय प्रमुख गिरीले बताए । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाले बगैचा क्षेत्रको जग्गालाई २० बर्षका लागि लिजमा लिनुपर्ने, स्वादिष्ट र उन्नत जातको स्याउ रोप्नुपर्ने, बगैचा क्षेत्रमा एप्पल कटेज समेतको योजना बनाइनुपर्ने सूझाव दिए । अव स्याउ निति र किसान महासंघ समे पनि नेपालमा आवश्यक रहेको सूझाव दिए । पशुसेवा तथा भेटनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपेमा राम्रो हुने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउसँगै स्याउका परिकार बनाउने कुरामा लागनी आवश्यक रहेको बताए । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.तिर्थ रिजालले जुम्ला प्रकृतिको बरदान त्यसैमा कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अगाडि बढ्न सूझाव दिए । उनले अहिले मार्सीधानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भइसकेको बताए । स्याउ सुपरजोन कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले अव साना तिना काम नभई जिल्लामा देखिने प्रकारका कृषि क्षेत्रमा काम गर्ने योजना रहेको बताए । सवैखाले किसानहरुको सहभागिता हुने गरी पहिलो प्रथामिकतामा घेरवार, सिचाई र संरक्षण मात्र हुने हो भने उत्पादनमा बृद्धि हुनेमा दुई मत नभएको जानकारी दिए ।
सो बगैचाको लम्वाई दुई किलोमिटर र चौर्डाइ एक किलोमिटर रहेको छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले गाउँपालिकाको समृद्धिमा बृहत स्याउ बगैचा सफल हुने भएकाले संघीय सांसद महतलाई धन्यवाद दिए । उनले सोही क्षेत्रमा एक करोड बढिको लिप्ट सिचाइँको डिपिआरसहित अगाडि बढेको बताए । संघीय सांसदले सारेको ठोस योजनामा सवैको सहकार्य भई काम गर्न आवश्यक रहेको स्याउ सुपरजोन सञ्चालन समिति संयोजक नारायाणी चौलागाईको भनाई छ । बगैंचाको पहिलो काम घेरबार, दोस्रो सिचाई र तेस्रो संरक्षणका लागी चौकीदार राखिने र यसैका साथै सवै प्राविधिक सल्लाह अनुसार स्याउ बगैचा अगाडि बढ्ने छ । यसैगरी सांसद महतले जिल्लाको तिला गाउँपालिका–७ मा निर्माणधिन एक मेगावाट तिला जलविद्युतमा १० करोड बराबरको बजेट लगानी गरेका छन् । सो जलविद्युत अवको एक बर्षमा निर्माण सम्पन्न हुने भएको छ ।
विजय रावत ।