सूचनाको शक्ति - The Power Of Information

        

अफ्रिकाको आतंकवादी संगठनका नेपाली कमाण्डर मारिए

काठमाडौं । सोमालियाको सुरक्षा फौजले अफ्रिकाको आतंकवादी संगठन अल शबाबका कमाण्डरलाई सैन्य अपरेशनमा मारिदिएको छ । त्यहाँको स्टेट रेडियोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले लेखेअनुसार ती व्यक्ति नेपाली थिए । अशरफ आजमी अबु हमदान नामका ती व्यक्ति नेपाली हुन् ।

उनी यो इस्लामिक जिहादी समूहका बरिष्ठ प्रशिक्षक थिए । दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा एक सैनिक अपरेशनको क्रममा उनी मारिएका हुन् । उनीसँगै अन्य तीन जना लडाकू पनि मारिएका छन् । अल शबाब यहाँको सरकारविरुद्ध २००८ देखि लडिरहेको छ । यो समूह त्यहाँको सरकारलाई अपदस्थ गरेर शरिया कानुनसहितको आफ्नो राज्य व्यवस्था स्थापित गराउन चाहन्छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतवार १३:१३