सूचनाको शक्ति - The Power Of Information

        

हत्याका फरार अभियुक्त ‘धर्मसिंह’ पक्राउ

बाँके । पाँच जनाको हत्या लगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादवउर्फ ‘धर्मसिंह’लाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डुडुवा गाउँपालिकास्थित यादवकै घरबाट उनलाई पक्राउ पक्राउ गरेको हो ।

प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियार लगायतका नौ मुद्दा लागेका यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

भारतमा लुकिछिपी बसिरहेका यादव घरमा आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुरैनीका स्थानी युवा बसन्त मल्ल लगायतको हत्यामा संलग्न भनिएका यादवलाई गरिएको पक्राउलाई प्रहरीले ठूलो उपलब्धी दाबी गरेको छ । प्रहरीका अनुसार यादव तत्कालिन भूमिगत समूह भगत सिंह समुहमा आवद्ध व्यक्ति हुन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार १२:०९