बाँके । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५, का गोविन्द चौधरीले मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडलाई घर भाडामा सहुलियत दिएका छन् । समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिमा कोरोना भाइरसले ब्यापार ब्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै घर भाडामा सहुलियत दिएका हुन् ।
मेरोमाइक्रोफाइनान्सको कृष्णपुर शाखा कार्यालयलाई घरधनीले एक महिनाको घरभाडा छुट दिएको संस्थाले जनाएको छ । ‘बन्दाबन्दीका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसाय सञ्चालन गर्न सकेको छैन, यस्तो असहज अवस्थामा तीन महिनादेखि ठप्प रहेको ब्यापार ब्यवसायलाई ध्यान दिएर घरधनीले मानवियता देखाएर घरभाडामा छुट दिनुभएको छ,’ कृष्णपुर अनुगमन कार्यालयका प्रमुख कृष्ण उप्रेतीले भने ।
कोरोना माहामारीले उत्पन्न गरेको अवस्थामा सबैले एक अर्कालाई सहयोग गरेर अगाडी बढ्नु पर्नेमा चौधरी दम्पतीले सुझाव दिए । संस्थाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरेको संस्थाले बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले देशका ५९ जिल्लमा १२० शाखा कार्यालय र कृष्णपुर अनुगमन कञ्चनपुर अन्तरगत ७ जिल्लामा १२ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
सत्यपाटी ।