सूचनाको शक्ति - The Power Of Information

        

खुल्दैनन् पाठेघर खस्ने समस्या भएका महिला


कालिकोट । मुगुमा पाठेघर खस्ने समस्या भएका महिला खुलेर बाहिर आउन सकिरहेका छैनन् । आङ खस्ने (पाठेघर)समस्याबाट पीडित मुगुका महिलाहरु खुलेर नआउँदा समस्या बिकाराल बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले बताएको छ ।
जिल्लामा पाठेघर खस्ने समस्याबाट कति महिला पीडित छन् भन्ने कुनै आकंलन गर्न नसकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित भए पनि खुलेर आउँदैनन् । कर्णाली सामुदायिक विकास मञ्चका अध्यक्ष राधिका मल्लले महिलाहरु पाठेघर खस्ने समस्या लुकाएरै बस्ने गरेको बताइन् ।
‘सौरु गाउँपालीकाका तीन वडामा आङ खस्न समस्याको सर्वेक्षण गर्दा ४२ जना महिलाहरुमा यो समस्या देखिएको छ । जिल्लाका ४५ वडाका महिलाको अवस्था के होला ?’ अध्यक्ष मल्लले भनिन् । जिल्ला समन्वय समितिका उपसंयोजक कर्णाशील मल्लले चेतनाको अभावले महिलाहरुले आफ्ना समस्या लुकाएर राख्ने गरेको बताए ।

प्रकाशित मिति : ११ पुष २०७४, मंगलवार ०६:१४