सूचनाको शक्ति - The Power Of Information

        

गीत : ‘नगर जिद्दी’

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

नगर जिद्दी, एमसीसी भनी, नेपाली हौं भने !
नजाऊ सती, विरका छोरा, गोर्खाली हौं भने ?
हैन त्यो माया, भूतको छाँया, नपर भूलमा !
विदेशीलाई, नराख ल्याई, धनको मूलमा !!
युरिनियम, देखेर दुष्ट, तिरिन हाल्दैछ !
चट्टानजस्तो, एकता हाम्रो, वैरीले गाल्दैछ !!
नगर जिद्दी, एमसीसी भनी, नेपाली हौं भने !
नजाऊ सती, विरका छोरा, गोर्खाली हौं भने ?

अमृतभन्दा, बढी छ विष, नियाल आँखाले !
खरबौं धन, दिन्छन् नि हाम्रै, यी वन पाखाले !!
पूर्खाको मान, बचाऊ सान, बचाऊ देश यो !
दिदी र बहिनी, लडेर हिजो, सुम्पेको शेष यो !!
नगर जिद्दी, एमसीसी भनी, नेपाली हौं भने !
नजाऊ सती, विरका छोरा, गोर्खाली हौं भने ?

 

०२ असार २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २ असार २०७७, मंगलवार ०९:४४