काठमाडौं । सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने बताएका हुन् ।
निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने भएको छ । पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएका थिए । तर कुन–कुन निजी प्रयोगशालालाई परीक्षण अनुमति दिने कुरा टुंगो लागेको छैन । प्रयोगशालाले अनुगमन गरेपछि कुन–कुन निजी प्रयोगशालालाई अनुमति दिने कुरा टुंगो लाग्ने जनाएको छ।
सत्यपाटी ।