सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा ९१५ कोरोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९१५ पुगेको छ । प्रदेश सरकारको स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति जारी गरी प्रदेशका विभिन्न जिल्लामा थप ६९ जनामा संक्रमण देखिएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित सुर्खेत र दैलेख जिल्लाका छन् । सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायाण बिडारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार १२:०२