सूचनाको शक्ति - The Power Of Information

        

लकडाउन खुकुलो भएपछि पसलहरु खुले

बझाङ । बझाङमा शनिबारबाट सबै पसलहरु सञ्चालनमा आएका छन् । विश्वभरि फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्न तथा फैलन नदिनका लागि चैत ११ गतेदेखि बन्द गरिएका ब्यापार ब्यवसायहरु आजबाट पुन सञ्चालनमा ल्याएको छ ।

शुक्रबार बझाङ उद्योग वाणिज्य संघले एक सूचना जारी गर्दै सबै व्यपार व्यवसाय सञ्चालन गर्ने भन्ने सूचना जारी गरेपछि आज सबै व्यापार व्यवसायहरु सञ्चालनमा आएको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

व्यापार व्यवसाय सञ्चालनमा आएपछि सदरमुकाम चैनपुरमा मानिसहरु भित्रिने क्रम बढ्न थालेको छ । सामाजिक संजालमा भने कोरोना संक्रमितको संख्या थपिँदै गएका बेला लकडाउन खुकुलो बनाउनु उचित नभएको टिका टिप्पणीसमेत हुन थालेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १८:१२