सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या पाँच हजारमाथि, ८७७ घर फर्किए, १६ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने एकैदिन (शुक्रबार) ४४८ जानमा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् । जसमा शुक्रबार एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

त्यस्तै ८७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमा शुक्रबार मात्रै १६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरस हालसम्म ७२ जिल्लामा फैलिइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३ र झापाका १३ जना रहेका छन् ।

त्यस्तै महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७, तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना संक्रमित थपिएका हुन् ।

यसका साथै प्रदेश १ मा हालसम्म ३ हजार ३३७ जना कोरोना संक्रमित छन् भने १६४ जना निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश २ मा १ हजार ८७४ जना कोरोना संक्रमित छन् भने ३५७ जना निको भएका छन् । एकजनाले ज्यान गुमाएको छ । त्यसैगरी बागमती प्रदेशमा १८६ जना कोरोना संक्रमित, ४५ जना संक्रमणमुक्त छन् भने चारजनाले ज्यान गुमाएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा १८८ जना कोरोना संक्रमित पुगेको छ भने एकजनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् । ११जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यस्तै प्रदेश ५ मा कोरोना संक्रमतिको संख्या १ हजार ४४३ पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ । यस्तै २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै कर्णाली प्रदेशमा ८४२ जना कोरोना संक्रमित भएका छन् भने तीनजनाको मृत्यु भएको छ । साथै २५ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १९२ जना कोरोना संक्रमित भएका छन् भने दुईजनाले कोरोनाबाट ज्याको गुमाएको छ । साथै १३ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १८:०६