चिरञ्जीवी ढकाल
१,
सीताको बदलामा पाखण्डी, पठाउँछ छिमेकी,
रोटीबेटीको सम्बन्ध पनि, रटाउँछ छिमेकी,
जबजब राष्ट्रघाती यता, सत्तामा पुग्छन नि,
मौका छोप्छ र मेरो आकार, घटाउँछ छिमेकी ।
२,
मौका पायो कि त,जङ्गे उखेल्छ छिमेकी,
हातले होइन कुँमले, ठेल्छ छिमेकी,
कति चाँडै बिर्सियो, गुलामीको जमाना ?
सानो देखेर होला सँधै, पेल्छ छिमेकी ।
३,
मित्रता के हो टुटेपछि, थाहा हुन्छ रे,
अनि फेरी जोडौँ कि भन्ने, चाहा हुन्छ रे,
मेरो घमण्डी मूर्ख, पाखण्डी सँधियार !
तैँले जतिबेला जे चाह्यो, कहाँ हुन्छ रे ?
४,
लद्दाख जान सक्छ, कश्मिर जान सक्छ,
तेरो जमिन पनि, कसैले लान सक्छ,
जसरी हेपेर नेपाल, खान खोज्दैछस्,
त्यसैगरी तलाई अरुले, खान सक्छ ।
५,
मेरै वाहुले मैलाई कुट्ने, दाऊ तेरो,
म बिना युद्धमा, के छ त्यस्तो भाउ तेरो ?
सोचेर कदम, चालिनस् भने भाई,
तँलाई नोक्सान गर्नसक्छ, राहु तेरो ।
३० जेठ २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।