सूचनाको शक्ति - The Power Of Information

        

चार दिने शिशुमा कोरोना पुष्टि

बाजुरा । सुदूरपश्चिम प्रदेशमा आज (बिहीबार) चार दिने शिशुसहित थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बाजुरामा पहिलोपल्ट चार दिनको शिशुमा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुई जना छन् ।

बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ । बाजुराकै अर्को स्थानीय तह त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पातलका अनुसार बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचिर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । सुदूरपश्चिममा बिहीबार थपिएका सहित १९१ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ९, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १६:५७