सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

बाँके । मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

यसैगरी, हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । भने प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । बदलीसँगै प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार ०८:४४