बाँके । कोभिड १९ को महामारीबाट मुक्त हुन र सुरक्षित जीवनयापनको लागि निर्माण केडिया अर्गनाइजेसनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको ‘आवाज एकताको’ सन्देशमूलक सामाजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालीको मनोबल र आत्मविश्वास कायम राख्न र सांगीतिक भिडियो सन्देशमार्फत चेतना जगाउन प्रयास गरिएको छ । यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन, संयोजन एवं निर्माण कि एडभरटाईजिङ्ग सर्भिस प्रालिले गरेको छ ।
गीतमा रचना तथा निर्देशन रवि श्रेष्ठको रहेको छ । रवि श्रेष्ठकै संगीत रहेको यस गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर रहेको छ । गीतमा हरिवंश आचार्य, दीपाश्री निरौला, रामकृष्ण ढकाल, संगीतकार आलोक श्री, कलाकरहरु केदार घिमिरे, जीतु नेपाल, सिता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुश्का श्रेष्ठ, संजोक बश्याल, जिवन पराजुली, विजय बश्याल, केडिया अर्गनाइजेसनका प्रबन्ध निर्देशक मनोज केडिया लगायतको अभिनय रहेको छ ।
सत्यपाटी ।