सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा बुधबार २७९ संक्रमित थपिए

बाँके । नेपालमा बुधबार २७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा भएको कोरोना परिक्षणबाट २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार बुधबार भेटिएका संक्रमितहरुमा २ सय ५७ जना पुरुष र २२ जना महिला छन् । जसमा बाँकेका तीन जना छन् भने बर्दियाका १ र रोल्पाका एक जना महिला रहेका छन । बाँके बर्दियामा देखिएको कोरोना संक्रमितहरु भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४३६४ पुगेको छ । तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १६:२७