बाँके । बुधबार बिहान कर्णाली नदीमा टिप्पर खस्दा दुईजनाको मृत्यु भएको छ । घटनास्थलमा दुई जनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । टिपरमा सवार ३९ जनामध्ये ९ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
सुरुमा पाँचजना र पछि चारजना घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका २२ जना सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरुले टिप्पर खस्दै गर्दा हाल फालेर ज्यान जोगाएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए । टिप्परमा रहेका सबै राजकोट नगरपालिकाका हुन् ।
भारतबाट आएका उनीहरुलाई दहिखोलाबाट राजकोट नगरपालिकाको क्वारेन्टाइनमा राख्न लैजाने क्रममा दुर्घटना भएको हो । भारतबाट आएका ३९ जना यात्रु बोकेको ना ८ ख ५१३३ नम्बरको टिप्पर छान्नी त्रिवेणी गाउँपालिका लालीघाट भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।
सत्यपाटी ।