सूचनाको शक्ति - The Power Of Information

        

समुद्री आँधीको प्रभावः मानवविहीन टापु बन्यो बर्मुडा

वासिङ्टन । समुद्री आँधी इर्माका कारण क्यारिबियन समुद्रमा अवस्थित बर्मुडा टापु निर्जन बनेको छ । तीन सय वर्षको इतिहासमा पहिलो पटक उक्त सुन्दर टापु जीवनका लागि अयोग्य बनेको हो । आँधीको प्रकोपका कारण त्यहाँ बसोबास गर्ने सबै मानिस अन्यत्र सरेका छन् । ‘टापुका बस्तिहरु पूर्ण रुपमा ध्वस्त बनेका छन्,’ अमेरिकाका लागि बर्मुडा र एन्टिगुआका राजदूुत रोनाल्ड स्यान्डर्सले भने, ‘यो मानवीय विपत्तिको क्षण हो ।’ उनको भनाइमा बर्मुडाको सभ्यतामाथि समुद्री आँधीले क्रुर आक्रमण गरेको छ । एन्टिगुआ र बर्मुडा आन्ध्र महासागर र क्यारिबियन समुद्रका मिलन विन्दु पनि हुन् । बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९८१ मा स्वतन्त्र मुलुक बनेको थियो, बर्मुडा ।
गत जुलाईको आँकडाअनुसार उक्त टापुमा ९४ हजार ७३१ जनसंख्याको बसोबास थियो । अहिले ती सबै एन्टिगुआमा सरेका छन् । उक्त टापुको मुख्य आर्थिक स्रोत पर्यटन हो, जसको कुल गाहस्र्थ उत्पादनको ६० प्रतिशत हिस्सा पर्यटनकै छ । नजिकको टापु मुलुक एन्टिगुआमा भने आँधीको सामान्य असर मात्र देखिएको छ । ६२ वर्गकिलोमिटरमा फैलिएको बर्मुडालाई भने तहसनहस बनाएको छ । समुद्री आँधीले उक्त टापुलाई कतिसम्म लथालिंग बनाएको छ भने त्यहाँका बासिन्दाको एक्लो प्रयासबाट पुनर्निर्माण असम्भव प्रायः छ । जबकी, टापुमा बसिरहेका परिवारले जनही ५० लाख डलरभन्दा बढी सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । राजदूत स्यान्डर्सको भनाइमा त्यस्तो रकम पुनर्निर्माणका हकमा समुद्रमा थोपा मिसाएजस्तो मात्र हुनेछ । ‘हामीसँग एक अर्ब डलरको अर्थतन्त्र छ भने समस्या दुई खर्ब ५० अर्ब डलरको छ,’ उनले भने, ‘अब कसरी टापुलाई पूर्ववर्ती अवस्थामा फर्काउन सकिन्छ भनेर हामीले सोच्नुपर्छ ।’ सीएनएन

प्रकाशित मिति : १ आश्विन २०७४, आइतवार ०६:२३