सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट ल्याउँदै गरिएको अबैध सुर्तिजन्य सामान बरामद

बाँके । सशस्त्र प्रहरी बलले भारतबाट आउन लागेको सुर्तिजन्य सामान बाँकेको डुडुवा गाउँपालिका १ बाट बारमद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण हेक्वाटर बागेश्वरीका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा खटिएका गस्ती टोलीले डुडुवा १ को खडैैैैैचाबाट तस्करी गरेर ल्याउँदै गरिएको २ लाख ४३ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामन बरामद गरेको हो ।

भारतबाट बिहानै ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेर सुर्तीजन्य सामन छोडेर तस्कर भागेको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिए । बरामद गरेको सुर्तिजन्य सामानहरुमा कमला पसन्द, सुपर पावर सुर्ती, बिडि रहेको छ ।

त्यस्तै मंगलबार नै सशस्त्र प्रहरीले ४० हजार रुपैयाँ बराबरको अबैध पानको पात समेत बरामद गरि नस्ट गरेको जनाएको छ । यस्तैसशस्त्र प्रहरीको गस्तीकै क्रममा बिहान नेपालगन्ज वडा २३ बाट १ लाख बराबरको अबैध सालको २५ क्वियु फिट गोलिया समेत बरामद गरेको छ ।

बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई भन्सार कार्यालय बुझाइएको र सालको काठ जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण नेपालगन्जले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १७:४२