सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा पहिलो पटक सुरक्षाकर्मीलाई कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सोमबार ३७ जनामा कोरोना भएको सूचना जारी गरेको छ जसमा प्रहरीलाई पनि संक्रमण पुष्टि भएको देखिएको छ ।

सूचना अनुसार दुई महिला र एक पुरुष गरी तीन जना प्रहरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनले संक्रमित तीनैजना प्रहरी कञ्चनपुरमा कार्यरत् रहेको बताए । भारतबाट आउने नेपालीहरुको समन्वय र क्वारेन्टाइन सुरक्षार्थ खटिएकाहरुमा कोरोना पुष्टि भएको डीआइजी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १६:०१