सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

अर्घाखाँची । कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् । खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका–७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको जनाइएको छ । घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिए । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १३:१४