सूचनाको शक्ति - The Power Of Information

        

भोलीदेखि मालपोत कार्यालय खुल्ने

बाँके । देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १५:१९