सूचनाको शक्ति - The Power Of Information

        

देशभर पूर्णदेखि सामान्य बदली हुने

काठमाडौं । देशभरको मौसम बिहीबार पूर्णदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

देशभर हाल सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । बिहीबार दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली रही मध्य र पूर्वमा सामान्य बदली हुने सम्भावना छ । पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार ०८:१३