सूचनाको शक्ति - The Power Of Information

        

१२ वर्षीया बालिकाको पेटमा आठ हप्ताको गर्भ

उदयपुर । उदयपुर जिल्लामा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो ।

लगातार पाँच पटकसम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको जानकारी गराएकी थिइन् । कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डट डा.मुकलेस माधवीले चार पटकसम्म पिसाबबाट परीक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजिटिभ देखिएको बताए । अल्ट्रासाउण्ड गरेर हेर्दा बालिकाको आठ हप्ताको गर्भ रहको पुष्टि भएको डा.माधवीले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १३:३२