सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा आज (मंगलबार) थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९–९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडा नं. ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।

सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडा नं २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडा नं. ३ का ३५ र ३९ वर्षका पुरुष, वडा नं. ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् । यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १४:४५