सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट विश्वभर साढे तीन लाखको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा साढे ३ लाखभन्दा धेरैको ज्यान गएको छ । हालसम्म कोरोनाका कारण ३ लाख ५१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । विकसित देशमा सबैभन्दा धेरै शंक्रमण देखिएको छ । हालसम्म कोरोनाको संक्रमण ५६ लाख ७८ हजार २६० मा देखिसकेको छ ।

संक्रमित मध्ये हालसम्म २४ लाख २६ हजार ३८८ जना निको भइसकेका छन् । २९ लाख २३४ संक्रमति उपचार गराइरहेका छन् । यसममध्ये २८ लाख ४७ हजार १३९ को स्वास्थ्य अवस्था सामान्य रहेको र ५२ हजार ९५ गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । कोरोना नियन्त्रणका लागि खोपको विकास भइनसकेका कारण यसको संक्रमण रोकिन समय लाग्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार ०७:३०