रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिएकी छिन् ।
काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकीमात्रै रोल्पा पुगेर आइसोलेसनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा.घर्तीले जानकारी दिएकी छिन् ।
सत्यपाटी ।