सूचनाको शक्ति - The Power Of Information

        

६० जना प्रहरी निरीक्षक डीएसपीमा सिफारिस

काठमाडौं । नेपाल प्रहरीले ६० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले निरीक्षकहरूलाई डीएसपी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

निरीक्षक पृथ्वीनारायण ओली बढुवाको पहिलो नम्बरमा परेका छन् । सबैभन्दा पुच्छारमा खर्गनारायण साह बढुवामा परेका छन् । बढुवा सिफारिस हुनेहरूमा केदारराज पन्त, जयराम कुइँकेल, कविन्द्रकुमार कार्की, सञ्जीवबाबु खड्का, पञ्चकुमार बाखु, पूर्णिमाकुमारी चन्द, शर्मिला गुरुङ, राजकुमार राई, सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिलकुमार घिमिरे, रुपा लाबुङसहित ६० जना छन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार ०९:५१