काठमाडौं । नीजि तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने भएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न नीजि तथा सामुदायिक अस्पतालाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो । नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षणबापत शूल्क लिन पाउनेछन् ।
किट खरिद गरेको मुल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । परीक्षण उपत्यकाभित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
प्रवक्ता देवकोटाका अनुसार नीजि अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन् । परीक्षण पश्चात दैनिकरुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्नेछ ।
सत्यपाटी ।