बाँके । नेपालगन्जमा निर्माण गरिएको ल्याण्डफिल साइड सञ्चालनको सम्पूर्ण जिम्मा नेपालगन्ज उपमहानगरपालिकामा आएको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको ल्याण्डफिल साइड निर्माण भएपछि पनि सम्झौता अनुसार एडिबी आफैंले सञ्चालन गरेको थियो ।
ल्याण्डफिल साइड सञ्चालनको सबै जिम्मेवारी आइतबारदेखि उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले जानकारी दिए । उनले ल्याण्डफिल साइड सञ्चालनका लागि लागि कार्यविधि बनाएर अघि बढ्ने बताए । उपमहानगरपालिकाले यसअघि नै ल्याण्डफिल साइड सञ्चालनका लागि ब्यवस्थापन समितिसमेत गठन गरिएको छ ।
नगर प्रमुख डा. राणा, उपप्रमुख उमा थापा मगर, वडा नं १८ का अध्यक्ष दिपक वर्मा, वडा नं. १३ का अध्यक्ष विरेन्द्र शाह, वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल, वडा नं २३ का अध्यक्ष मो. हुसेन शेष, वडा नं. ८ का अध्यक्ष सुरेन्द्र गुप्ता र कार्यपालिका सदस्य देउमल सुनार रहेको ब्यवस्थापन समिति गठन गरिएको जनाइएको छ ।
समितिको सदस्य सचिवमा सरसफाई शाखा प्रमुख अशोक केसीलाई तोकिएको छ । साथै एसियाली विकास बैंकको सहयोगमा होटल सिग्नेटदेखि बागेश्वरी मन्दीर नजिक जोड्ने सडकमा स्ल्याब निर्माण गर्ने, ल्याण्डफिल साइड जोड्ने सडक कालोपत्रे गर्ने र गुम्बादेखि बागेश्वरी मन्दीरसम्मको नालालाई पूर्णता दिइने भएको छ ।
सत्यपाटी ।