सूचनाको शक्ति - The Power Of Information

        

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजै काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि मन्त्रालयले आजै विहान थप पाँच जना संक्रमित भनेर पुरानै संक्रमितलाई नयाँ विज्ञप्तिमा नाम दोहोरिएपछि पुनः सच्याउँदै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४५ नै कायम गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १२:५६