सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितले थुक्दा रेलवे कर्मचारीको मृत्यु

एजेन्सी । बेलायतको सेन्ट्रल लन्डनस्थित भिक्टोरिया स्टेसनमा काम गर्ने रेलवे कर्मचारी बेल्ली मुजिंगालाई एक यात्रुले थुकेपछि मृत्यु भएको छ । गत मार्च २२ मा बिहानीपख एक पुरुषले मुजिंगालाई थुकेको अनि खोकेको स्वीकार गरे । मुजिंगा र उनका सहकर्मीमाथि ती व्यक्तिले थुकेका थिए । घटनाको केही दिनपछि दुवै महिलालाई कोरोना भाइरस लाग्यो ।

मुजिंगालाई बार्नेट जनरल हस्पिटलमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो तर अप्रिल ५ मा उनको मृत्यु भयो । उनकी भतिजी एग्निस र एक सहकर्मीले उक्त घटना देखेका थिए । उनीहरूका अनुसार, मुजिंगाले पीपीई नलगाइकन टिकट अफिसमा काम गर्न नगराउन अनुरोध गरेकी थिइन् ।

मुजिंगाको रोजगारदाता गोभिया टेम्सलिंकलाई उनको श्वासप्रश्वास समस्याको जानकारी रहेको तर उनलाई भीडभाड हुने ठाउँमा यात्रुहरूसँग अन्तर्क्िरया गर्न बाध्य बनाइएको भतिजी र सहकर्मीको आरोप छ । थुक लागेपछि आत्तिएर काँपेकी मुजिंगालाई जबर्जस्ती काममा लगाइएको उनीहरूले बताए । गोभियाकी प्रवक्ताले घटना हुँदाको समयमा सरकारी सल्लाहबमोजिम कर्मचारीलाई पीपीई लगाउन अनिवार्य नरहेको बताइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १८:०३