सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं आइपुग्यो चिनियाँ एयरफोर्सको जहाज

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहायतास्वरुप चार हजार ४५० केजी स्वास्थ्य सामग्री पठाएको छ । सो सामग्री बोकेर चिनियां सेनाको एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा केहीबेर अगाडि आइपुगेको छ । चाइना एयरफोर्स सीएएफ ०४३ कल साइनको सो जहास आज चीनको छेङ्दु शहरबाट काठमाडौं आएको हो ।

चिनियाँ सेनाको जहाज आउने भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासमा कार्यरत सैनिक सहचारी चिनियाँ सेनाका लेफ्टिनेन्ट कर्णेल सोंग जुन सामानबारे बुझ्न र नेपाली सेनालाई हस्तान्तरण गर्न विमानास्थल पुगेका थिए । कर्णेल जुनले ती सामानहरु नेपाली सेनाका सहयाक रथी जर्नेल सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गरेका छन् ।

प्राप्त विवरणअनुसार, चार हजार ४४० केजी स्वास्थ्य सामग्रीहरुमा सर्जिकल मास्क, डिस्पोजेवल मेडिकल मास्क, केएन ९५ मास्क, डिस्पोजेबल प्रोटेक्टिभ स्क्रीन, मेडिकल गगल्स, मेडिकल बुट कभर, टेम्प्रिमोमिटर मेजरमेन्ट हेल्मेट, मेडिकल वाटर प्रुफ डिस्पोजेबल प्रोटेक्टिम क्लोथिंग, नाइट्राइल डिस्पोजेबल ग्लोभ, व्यागप्याक डिसइन्फेक्टेन्ट स्प्रे १६ एल, इन्फ्रा रेड फोरहेड थर्मो्मिटर, डिस्पोजेवल वान पिस प्रोटेक्टिभ क्लोथिंग, इन्फ्युजन पम्पहरु र थर्मल इमेजिंगसहितका सामग्रीहरु चिनियाँ सेनाले नेपाली सेनालाई पठाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार ११:१८