सूचनाको शक्ति - The Power Of Information

        

चार जना पत्रकार पनि कोरोना संक्रमित

पर्सा । पर्सामा आज (मंगलबार) फेला परेका ३९ जना नयाँ कोरोना संक्रमितमध्ये चार जना पत्रकार रहेको पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेड डा.मदन उपाध्यायले चार जना पत्रकारलाई पनि संक्रमण भेटिएको जनाएका छन् । ‘दुई जना मैले नै चिनेका पत्रकारहरु हुन्, अरु दुई जना पनि पत्रकार भएको बुझेका छौं,’ उपाध्यायले भने ।

संक्रमित पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएको खुलेको छ । कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो । योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १६:०१