काठमाडौं । नेपालमा एकैदिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा, रुपन्देही र बाराका ५७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमतिको संख्या १९१ जना पुगेको छ । हालसम्ममा देखिएको संक्रमितको यो अत्यन्तै ठूलो संख्या हो ।
यसअघि सोमवार मात्रै एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ८ जना, रुपन्देही ९, पर्साका ३९ र बाराका एक जनामा संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि भएका सबै पुरुष हुन् । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सरकारले कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामका लागि भन्दै लकडाउन जारी गरेको आज ५० औं दिन पुगेको छ । पछिल्लो समय सरकारले विभिन्न उद्योग सञ्चालनका लागि अनुमति दिएसँगै लकडाउन केही खुकुलो भएको छ । जसका कारण भीड बढ्न गएको भन्दै पछिल्लो समय संक्रमणको जोखिम झन बढेको विज्ञहरूले बताउँदै आएका छन् ।
सत्यपाटी ।