सूचनाको शक्ति - The Power Of Information

        

नगरपालिकाको पहलमा रेडियोबाट पढाइ

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ आरम्भ गरेको छ । बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित भएकाले यहाँका सामुदायिक रेडियोबाट पढाउन थालिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने बताइन् ।

जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खडानन्द चौलागाईँले बताए ।

अनलाइन अध्यापन कठिन

जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताएका छन् । यहाँ १७० सामुदायिक विद्यालय छन् । रासस

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १०:२८