सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह अन्त्यका लागि सुर्खेतको सिम्तामा संकल्प


दुर्गा विसी । सल्यान । आर्थिक सामाजिक संस्थागत विकासका लागि पूर्वाधार, सुशासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने मुल नारा तय गरिएको वालविवाह अन्त्य सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिकाको आयोजनामा भएको छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान तथा बालविवाह अन्त्य सम्बन्धी कार्यक्रममा हजारौं सिम्तालीको उपस्थिति रहेको थियो । विद्यालयका बालबालिकादेखि युवा, वृद्धवृद्धा तथा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सिम्ता गाउँपालिकाका हरेक क्षेत्रमा बालविवाह न्युनीकरण अभियानलाई सफल पार्न समाजिक अभियान्त नरवहादुर कार्की र नेपालकी चर्चित नायिका रेखा थापाले प्रवचन दिएका थिए । बालविवाह अन्त्यमा सहयोग गर्न भिन्न तह र तप्कामा कार्यरत निकायले अठोट जनाएका छन् ।
समाजिक अभियन्ता कार्कीले नेपाली समाजमा जरो गाडेर बसेको कुप्रथा वालविवाहलाई न्युनीकरण गर्नका लागि सुरुवाती काम गर्ने पहिलो गाउँपालिका सिम्ता सुर्खेत रहेको वताएको छ । यसलाई सफल बनाउन सबैको आवश्यकता रहेकोसमेत बताइएको छ ।


त्यसैगरी कार्यक्रमकी चर्चित नारी तथा नायिका रेखा थापाले जवसम्म बालविवाह निर्मुल हुँदैन, तबसम्म नेपाल सम्वृद्धिको सपना देख्नु भनेको गलत भएको बताइन् । समाजको विकासका निम्ति यसमा परिवर्तन गर्न आह्वान गरेको वताएको छ । सिम्ता गाउँपालीका सुर्खेतका अध्यक्ष कविन्द्रकुमार केसीको यो सह्रानिय कामप्रति सिम्ताली जनताले निक्कै प्रशंसा गरेका छन् ।
विकासको मुल मेरुदण्ड भनेको कुसंस्कार र कुरतीको परिवर्तन भए पछि मात्रै अन्य कुराको परिवर्तन हुने भएकाले अध्यक्ष केसीको गाउँपालिकामा उनको कार्यको सिम्ताली नागरिकले भुल्न नसक्ने वताउने गरेका छन् । साथै सिम्ता समग्र सिम्ताको आम परिवर्तन र विकासको लागि गुरुयोजनासमेत तय गरिएको छ । सिम्ताको विकासमा हातेमालो गर्न सवै निकायलाई आह्वान समेत गरिएको छ ।
गाउँपालिकाको चालु वर्षको विनियोजित विकासे रकमको सवै काम उपयुक्त समयमा सुरु भएकाले सहि सदपयोगका साथ काम गर्न अनुरोध गरिएको छ । साथै सिम्ता क्षेत्रको शैक्षिक, भौतिक र अन्य विकासको लागि पञ्चवर्षिया गुरुयोजनासमेत तयार गरिएको अध्यक्ष केसीले जानकारी दिए ।
छोरीका लागि स्वर्णिम नेपाल नाम दिएर बालविवाह न्यनिकरण सम्बन्धी देश व्यापीरुपमा यसलाई सफल पार्न समाजिक अभियान्ता नरवहादुर कार्की र नायीका रेखा थापाले देशका सवै महानरपालिका, उप माहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई यसै कार्यक्रममार्फत एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : ९ पुष २०७४, आइतवार ०३:५३