सूचनाको शक्ति - The Power Of Information

        

केहीदिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको छ । यसैगरी, महाशाखाले हाल देशको सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको जानकारी दिएको छ ।

यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशको पहाडि भू–भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, राति देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १२:०९