सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर २ लाख ८० हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४८ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ४१ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ५८७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४२२ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८० हजार पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९४, स्पेनमा १७९ र फ्रान्समा ८० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतवार १५:३७