सूचनाको शक्ति - The Power Of Information

        

‘एक घर एक परिक्षण’को व्यवस्था गरियोस् : पूर्वस्वास्थ्य मन्त्री बोहरा

काठमाडौं । राप्रपाका वरिष्ठ नेता तथा पूर्वस्वास्थ्य मन्त्री दिपक बोहराले तत्काललाई ‘एक घर एक परिक्षण’को व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । नेता बोहराले सामाजिक सञ्जाल ट्वीटरमा कोरोना भाइरस परिक्षणको दायरा नबढाउदासम्म लकडाउनले मात्र नहुने बताउँदै तत्काललाई एक घर एक परिक्षणको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

नेता बोहराले जनताको आवश्यक मात्रामा परिक्षण नभएको र जनस्वास्थ्यमा खेलवाड नगर्नसमेत आग्रह गरेका छन् । साथै उनले जनस्वास्थ्य प्रयोगशाला टेकुको निर्देशक डा.रुना झालाई बधाई दिएका छन् । कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गरेकोले युएन वुमनले सार्वजनिक गरेको पाँच महिलामा पर्न सफल भएको भन्दै निर्देशक डा. झालाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १४:४५