नयाँदिल्ली । प्रान्तीय सरकारले दिल्लीमा मदिरापछि पेट्रोलियम पदार्थको पनि मूल्य बढाइएको छ । दिल्लीमा पेट्रोलियम पदार्थमाथि मूल्य अभिवृद्धि कर–भ्याट दर ३० प्रतिशत पुर्याएर मूल्य बढाइएको छ । यसअघि दिल्लीमा पेट्रोलमाथि २७ प्रतिशत र डिजेलमाथि १६.७५ प्रतिशत भ्याट दर थियो ।
पछिल्लो मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ७१.२६ भारतीय रुपैयाँ छ । यसअघि ६९.५९ भारतीय रुपैयाँ थियो । यसैगरि डिजेलको मूल्य प्रतिलिटर ६२.२९ रुपैयाँबाट बढेर ६९.३९ भारतीय रुपैयाँ पुगेको छ । यसअघि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शुल्क लगाएर मूल्य बढाएको छ ।
सत्यपाटी ।