सूचनाको शक्ति - The Power Of Information

        

विप्लव समूह प्रचार विभाग प्रमूख पक्राउ

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका प्रमुख अनिल शर्मा (बिरही) पक्राउ परेका हुन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई चितवनबाट पक्राउ गरिएको हो ।

पोलिब्यूरो विघटन हुनु अगाडिसम्म शर्मा विप्लव समूहको पोलिटब्यूरो सदस्य थिए । उनले केही समय विप्लव समूहको पूर्वी कमाण्डको जिम्मेवारी समेत सम्हालेका थिए । सशस्त्र जनयुद्धदेखि सिर्जनशील नेताको छवि बनाएका शर्मा मोहन बैद्य (किरण)ले पार्टी फुटाउँदा उनीसँगै गएका थिए । शर्मा पछि बैद्यबाट पनि अलग भएका विप्लवसँगै गएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १५:३४