बझाङ । देशमा भएको लकडाउनले कामकाज बन्द भएपछि करिब डेढ महिनाजति डेरामै बसेका लालबहादुर धामी आइतबार काममा आएका थिए । जयपृथ्वी नगरपालिकाबाट योजना परेको चैनपुर खुला मञ्चको मर्मतको काम उनले जिम्मा लिएका छन् । मिस्त्री काम गर्ने उनी सोमवारदेखि अरु कामदारलाई पनि बोलाएर काम सुचारु गर्ने सोचमा छन् ।
मिस्त्री लालबहादुर जस्तै अन्य मजदुर कामदारहरु पनि आ–आफ्नो काम गर्ने टोलीसँग काममा हिड्न थालेका छन् । जिल्लामा हुने साना ठुलो योजनाको काम अवस्था हेरेर भौतिक दुरी कायम गर्दै काम काज सुचारु गर्ने भन्ने जिल्ला सुरक्षा समिति सहित सर्वदलिय बैठकबाट सहमति भएपछि बझाङमा पनि रोकिएका योजनाको र्निमाणमा केहि सहजता गरेको छ ।
योजनाको काममा खुकुलो बनाएपछि सिमखेत सिकु, सरकारी भवन र्निमाणको काम चैनपुर सडक खण्डको काम चैनपुर साना शहरी खानेपानी योजनाको लगाएत अन्य योजनाहरुको काम पनि हुन थालेको छ । सेती नदीमा र्निमाणधिन पक्की पुल र बहुबर्षिय चैनपुर बचाउ तठबन्धनको काम पनि सुचारु गरिएको छ ।
योजनाहरुको काम सुचारु गर्ने भनेपछि घर गएका मजदुर सवारी चालक मिस्त्रीसहित अन्य कर्मचारीहरु पनि योजनास्थलमा आउन थालेका छन् । लामो समय लकडाउनले ठुला योजनाहरुको काम प्रभावित र त्यहाँ काम गर्ने मजदुरलाई पनि समस्या भएको थियो निर्माण व्यवसायि दलबहादुर विष्टले भने योजना र्निमाणको काममा केहि सहज गरेपछि रोकिएको काम सुचारु गरिएको छ ।
‘योजनाहरुको काम सुचारु हुँदा अहिले काम गरी खाने मजदुरहरु लाइ पनि सहज भएको छ,’ उनले भने । जिल्लामा विभिन्न योजनाहरुमा काम गर्ने झण्डै ५०० जना मजदुरहरु लकडाउनको अवधीभर जिल्लामै रहेको निर्माण व्यवसायीहरु वताउँछन् । चैनपुर बजारमा निर्माण हुँदै गरेका अन्य व्यक्तिकाहरुका घरको काम पनि सामाजिक दुरी कायम गर्दै काम गर्न दिएको छ ।
योजनाहरुको काममा सवारी सधानको उपयोगको लागि जिल्ला प्रशासनले गाडीको पास दिएर काम गर्ने गराएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । सिमेन्ट सरिया मौज्दात भइ कामदार पनि जिल्लामै भएकाहरुलाइ काम सुचारु गर्ने भनेको प्रजिअले बताए । सिँचाइ डिभिजन, पूर्वाधार कार्यालय, सडक कार्यालयले पनि योजना परेका उपभोक्ताहरुलाई बोलाएर सम्झौता गर्ने काम गरिरहेको छ ।
जिल्लामा भारतबाट आएकाहरु सवैलाई क्यारेन्टाइममा राखेको हुँदा र चेकजाँच गरेका कसैमा कोरोना नेगेटीभ नदेखिएकोले बझाड सुरक्षित हुन सक्ने भन्दै ढुक्क छन् । लामो समय लकडाउनले जनजीवन अस्तव्यस्त भएको हुँदा सजग र होसियारिपूर्वक कामकाज गर्ने, अस्पताल आउन जान दिने, खाद्यान्न खरिद गर्ने काममा पनि सहज गरेको छ ।
सत्यराज सिंह ।