सूचनाको शक्ति - The Power Of Information

        

दुर्घटनामा पाँच जनाको ज्यान गयो

बाँके । बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीय बाहेकका सवारी साधन चलेका छैनन् ।

अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेका छन् । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण छन् । चैतमा भएका छ दुर्घटनामा दुई जना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिए । उनका अनुसार बढीजसो दुर्घटना तीव्र गति र चालकको लापरवाहीले हुने गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १५:२३